विदेश

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड दिइयो

वासिङ्टन, भदौ ५-अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया छात्रालाई बलात्कार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ।

टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ।

एपीका अनुसार अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन्। यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन्।

Featured