देश राजनीति

कांग्रेस महामन्त्री शशांक कोइरालाले जिते कोरोना

काठमाडौं,  ८ असोज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणमुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएका थिए । उनी गत शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए।

स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनलाई डिस्चार्ज गरिएको थियो । महामन्त्री कोइरालामा गत २३ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Featured