देश

बालाजुमा आगलागी

काठमाडौँ, भदौ ५–बिहिबार मध्यान्ह समयमा काठमाडौँको बालाजुमा आगलागी भएको छ। आज मध्यान्ह समयमा काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको एक फोर्स मोटर ग्यारेजमा आगलागी भएको हो ।

आगो निभाउन स्थानिय र प्रहरीले सहयोग गरिरहेका छन् । आगलागी के कारणले भयो कारण भने खुल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । हाल तीनवटा दमकल तथा ५–७ वटा पानीका ट्यांकर परिचालन गरि आगो नियन्त्रण लिने प्रयास भईरहेको छ ।