विदेश

राष्ट्रसंघद्वारा बुर्किना फासो आक्रमणप्रति आपत्ति

काठमाडौं, भदौ ५–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत सोमबार अफ्रिकी मुलुक बुर्किना फासोको एक सैनिक शिविरमा  भएको आक्रमणमा परि कम्तीमा २४ जनाको मृत्यु भएको घटना प्रति घोर आपत्ति जनाएका छन्।

महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गर्नुभएको वक्तव्यमा महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको उल्लेख छ। प्रवक्ता डुजारिकले सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन्।

बुर्किना फासोको उत्तरी प्रान्त सउममा रहेको काउटाउ सैनिक शिविरमा गत सोमबार आक्रमण गरिएको थियो। सरकारी विवरणमा यस वर्षको यो सबैभन्दा घातक आक्रमण रहेको उल्लेख छ।–सिन्ह्वा

Featured