देश

पारिजातको बिरुवा रोपेर जयशंकरले गरे पशुपतिमा विशेष पूजा

काठमाडौँ, भदौ ५–नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पारितजातको बिरुवा रोपेका छन् । नेपाल भ्रमणमा रहेका जयशंकरले आज बिहान पशुपतिमा विशेष पूजा गर्नुअघि मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका हुन्।

उनले झण्डै आधा घण्टा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। विदेशमन्त्री जयशंकरलाई पशुपति विकास कोषका तर्फबाट मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरिएको थियो।

Featured