खेलकुद देश

क्रिकेटर भण्डारीको शल्यक्रिया सफल

काठमाडौं, १ असोज-नेपाली क्रिकेट टिमका सदस्य ललित भण्डारीको शल्यक्रिया सफल भएको छ । आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको आज दायाँ हातको  शल्यक्रिया सफल भएको हो । 

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)का अनुसार ग्राण्डी अस्पतालमा भएको शल्यक्रिया डा. चक्रराज पाण्डे र उनको टिमले गरेको थियो । उनको स्वास्थ्य अहिले स्थिर रहेको उपचारमा संग्लन चिकित्सकले बताएका छन् । गत आइतबार साँझ कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र दुवै खुट्टामा चोट लागेको थियो।