देश

राष्ट्रपति र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाडौँ, भदौ ५–नेपाल–भारत संयुक्त बैठकमा सहभागि हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोलीसँग शीतल निवास पुगेका जयशंकरले बिहीबार राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

यस अघि जयशंकरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् । उनी आजै स्वदेश फर्कने कर्याक्रम रहेको जनाइएको छ ।

Featured