विदेश

ट्रम्पको दाबीः केही सातामै कोरोनाविरूद्धको खोप उपलब्ध हुन्छ 

एजेन्सी, १ असोज-कोरोना भाइरसविरुद्धको खोपलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले फरक फरक धारणा बाहिर ल्याएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले केही साताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आमनागरिकका खोप उपलब्ध हुनसक्ने बताएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप सुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने रेडफिल्डको भनाई छ ।  खोप उपलब्ध भएपनि त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए ।

Featured