देश

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन् । मन्त्री घिमिरेलाई गत १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

१३ भदौदेखि कोरोनाको लक्षण देखिएपछि उनी होमआइसोलेसनमा बसेका थिए । यसअघि २६ भदौमा गरिएको परीक्षणमा उनको रिपोर्ट पुनः पोजिटिभ आएको थियो ।