देश

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

धादिङ, १ असोज-नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान साढे ४ बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी  छ । 

पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न सुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।  पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन् ।

बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ ।