देश

डाउनटाउनद्वारा इन्टरेक्ट क्लब अफ डिएभीको पदस्थापना

विराटनगर, १ असोज–रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित डिएभी स्कुलमा इन्टरेक्ट क्लबको पदस्थापन गराएको छ । अनलाई प्रविधि जुम एप मार्फत गरिएको भर्चुअल कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनले इन्टरेक्ट क्लब अफ डिएभीको पदस्थापन गराएको हो । रोटरीले विद्यार्थीको क्षमता विकास र उनीहरुलाई सामाजिक काममा अग्रसर गराउन विभिन्न विद्यालयमा सो क्लब स्थापना गर्दै आएको छ ।

सो अबसरमा कार्यक्रम सहायक गभर्नर ललित अग्रवालको विषेश उपस्थिती रहेको थियो । कार्यक्रमक मुख्य वक्ता रोटरी क्लब अफ विराटनगर डाउन टाउनका पूर्व अध्यक्ष सन्तोष जैनले सहभागिहरुबिच रोटरी र इन्टरेक्ट क्लबबारे महत्वपूर्ण धारणा राखेकी थिइन् ।

कार्यक्रममा इन्टरेक्ट क्लब अफ डिएभीको नयाँ पदभार सम्हालेकी उत्प्रेरक तथा अध्यक्ष जिया कुमारीले क्लबका बोर्ड सदस्यहरुको परिचय गराएकी थिइन् । सो भर्चुअल कार्यक्रम सञ्चालन तथा सहजीकरण नीरु नेवटियाले गरेकी थिइन् । कार्यक्रममा ४६ जनाको सहभागिता रहेको क्लबका अध्यक्ष दिप्ती अग्रवालले जानकारी दिइन् ।