खेलकुद विदेश

लेवान्डोस्कीले जिते ‘प्लेयर अफ दि सिजन’ अवार्ड

BERLIN, GERMANY - JULY 04: Robert Lewandowski of Bayern Muenchen celebrates scoring the 4th team goal during the DFB Cup final match between Bayer 04 Leverkusen and FC Bayern Muenchen at Olympiastadion on July 04, 2020 in Berlin, Germany. (Photo by Alexander Hassenstein/Getty Images)

एजेन्सी, १ असोज-जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड प्रदान गरिएको छ । सन् २०१९–२० को सिजन बायर्नका लागि सर्वाधिक गोल गरेका उनी उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन तीन उपाधि जितेको थियो । बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ठ खेल प्रदर्शन गरेका थिए । गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।

Featured