देश

उपत्यकामा जोर-बिजोर प्रणाली कायमै रहने

काठमाडौं, ३१ भदौ-उपत्यकामा निषेधाज्ञा निरन्तरता दिने निर्णय भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो ।

उपत्यकाभित्र सरकारको तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने गरी जोर/बिजोजर प्रणाली यथावत राख्दै सार्वजनिक तथा निजी सवारी साधनहरू संचालन गर्ने दिने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले जारी गरेको आदेशमा खुल्ला स्थानमा मानिहरू भेला हुन, भीडभाड गर्न र सभा, जुलुस, महोत्सव भोजभतेर गर्न निषेध गरिएको उल्लेख छ । मठमन्दिर, मस्जित, चर्चलगायतका परम्परागत धार्मिक साँस्कृतिक स्थलहरूमा नित्य पूजाबाहेका गतिविधि, शैक्षिक संस्था संचाल तथा अन्य परीक्षा, सबै प्रकारका सभा, गोष्ठी, सैलुन ब्युटिपार्लर, पार्टी प्यालेस, सिनेमा हल, समूहमा खेलिने खेलकुदलगायत पनि निषेध रहने छन् ।