देश

शंकास्पद मृत्यु भएकाको कोभिड- १९ परीक्षण नहुने

काठमाडौं, ३१ भदौ-सरकारले शंकास्पद मृत्यु भएकाको कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शंकास्पद मृत्युको कोरोना भाइरस संक्रमण परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए । इन्सिडेन्ट कमाण्ड सिस्टम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णय गरेको उनले जानकारी दिए ।

‘शंकास्पद मृत्युको कोभिड- १९ परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको नजिक सम्पर्कमा आएका सबै व्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गर्ने गराउने’ उनलेभ ने शवबाट नमुना निकालेर कोभिड- १९ परीक्षण गर्ने गराउने काम नगर्ने नगराउने ।’