विदेश

जापानकाे नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

एजेन्सी, ३१ भदौ-जापानले नयाँ प्रधानमन्त्रीका रूपमा योशिहिदे सुगा पाएको छ । सिन्जो आबेले राजीनामा दिएपछि जापानले नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगालाई पाएको हो ।

सन् २०१२ मा पुनः प्रधानमन्त्री निर्वाचित भएका आबेले सुगालाई मन्त्रिपरिषद्को मुख्यसचिवमा समेत नियुक्त गरेका थिए । आज संसदमा भएको मतदानमा ३ सय १४ मतसहित सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका ४ सय ६५ सदस्यमध्येबाट सुगाले ३ सय १४ मत प्राप्त गरेका हुन् ।

Featured