देश

अछाममा जिप दुर्घटनाहुँदा ३ जनाको मृत्युु

अछाम, भदौ ५–अछाममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् । रामारोशन गाउँपालिका ३ मुजाबगरबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप बान्नगढी जयगढ गाउँपालिका वडा नम्बर ७ दर्ना चोरमारेमा दुर्घटना हुँदा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका अशोक परियारको घटनास्थलमै मृत्यु भएको हो । कालुसिंह आउजी र डिलासैनी गाउँपालिका ३ बैतडीका लालबहादुर बोहराको बयालपाटा अस्पतालमाउपचारको क्रममा मृत्यु भएको प्रहरील जनाएको छ ।

राति करिब साढे ८ बजेतिर भएको दुर्घटनामा परि जिप चालक कैलाली घोडाघोडी नगरपालिका ७ किर्तिपुर बस्ने जनजिर चौधरी, बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ४ तिमिल्सेन अछामका तर्कराज तिमिल्सेना र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन् । प्रहरीका अनुसार जिप सडकबाट ८ सय मिटर तल खसेको थियो ।

Featured