विदेश सूचना/ प्रबिधि

रगतमा भएको भिटामिन ‘डी’ को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

एजेन्सी, २८ भदौ-रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ ।  अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दाबी गरेका छन् ।

स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ ।  भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।

बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा. लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो ।

अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो । उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा १ हजार ९ सय ७० जना संलग्न भएका थिए ।

Featured