खेलकुद देश

एसियाकपका लागि यू-१९ टिमको घोषणा

काठमाडौं, भदौ ५-श्रलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ। एसिया कपमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गर्ने छन्।

एसीसीलाई पठाएको १५ सदस्यीय खेलाडीको सूचीमा गत महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपममा सहभागी भएका तीन जना खेलाडी परिवर्तन भएका छन्।

नेपालले एसीसीको तयारी ढिलो गरि सुरु गरेको हुँदा एसीसीमा खेलाडीको सूची पनि केहि दिन ढिलो गरी पठाएको थियो।

विहीबार घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलि यस प्रकारको रहेको छ:

कप्तान रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी।

प्रशिक्षक विनोद दास, म्यानेजर राजु खड्का, ब्याटिङ प्रशिक्षक अपुर्भा देसाई, फिजियो बिक्रम न्यौपाने र ट्रेनर सुवास पात्रो रहेका छन्।

यसपटक आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ पर्न सफल भएका छन्। यस्तै विशाल विक्रम केसी, तिलक भण्डारी लोकेश बम टिमबाट बाहिरिएका छन्।

एसीसी यू–१९ एसिया कपका लागि नेपाली टिम शनिबार श्रीलंका प्रस्थान गर्नेछ।