मनोरंजन विदेश

भूल भुलैया –२ मा कार्तिक आर्यन मुख्य भूमिकामा देखिने

काठमाडौं, एजेन्सी, भदौ ५- सन् २०१७ मा रिलिज भएको भूल भुलैयाको अपार सफलता पछि अब फिल्मको सिक्वेल बन्ने लगभग पक्का पक्की भएको छ। भूल भुलैयाको सिक्वेल यानिकी भूल भुलैया–२ मा कार्तिक आर्यन मुख्य भूमिकामा देखिने भएका छन्।

भारतीय मिडियासँगको कुराकानीमा भूल भुलैया–२ का निर्देशक अनिस बज्मीले फिल्ममा अक्षय कुमार हुने छन् वा छैनन् भनेर पनि जानकारी दिएका छन्। फिल्मको पहिलो संस्करणमा अक्षय कुमारले आफ्नो कमेडीबाट दर्शकलाई निकै प्रभावित पारेका थिए।

अनिस बज्मीले भूल भुलैया–२ बारेमा भने, ‘यसबारे अहिले नै भन्नु निकै हतार हुनेछ। तर यदि अक्षय फिल्ममा देखिए भने यसमा कुनै अचम्म मान्नु पर्ने अवस्था छैन। यदि यस्तो भए म अत्यधिक खुसी हुने थिएँ।’

स्मरण रहोस्, यी दुई कलाकारको सम्बन्ध निकै राम्रो छ। दुबैले यसअघि फिल्म वेलकम र सिंह इज किंगजस्ता फिल्ममा सँगै काम गरिसकेका छन्।

Featured