देश मनोरंजन

असोज ३ देखि चलचित्र शुरु गर्नुअघि अनिवार्य राष्ट्रिय गान

काठमाडौँ, भदौ ५-संविधान दिवसका दिन देखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने व्यबस्था लागु गरिएको छ ।

असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको प्रस्ताव सम्पूर्ण फिल्महललाई त्यस्तो निर्देशन दिनएको हो।

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृहले दिएको छ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ।