देश शिक्षा

निजी विद्यालयलाई शुल्क लिने बाटाे खुल्याे

काठमाडौं, २५ भदौ-सरकारले वैकल्पिक विधिबाट पठनपाठन गर्ने निर्देशिका जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका- २०७७ स्वीकृत गरी जारी गरेको हो ।

निर्देशिकाअनुसार वैकल्पिक विधिबाट पढाएबापत विद्यालयले शुल्क लिन पाउनेछन् । तर, यसका लागि स्थानीय तहको अनुमति लिनुपर्ने हुन्छ । निर्देशिकाको ३० नम्बर बुँदामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरेबमोजिम हुनेछ ।’