NRNA खबर देश विदेश

गैर आवासीय नेपाली संघ रुसका अध्यक्ष भुर्त्याललाई कोरोना

मस्को, २३ भदौ–गैर आवासीय नेपाली संघ (एनआरएनए) रुसका अध्यक्ष शिवमणी भुर्त्याललाई कोरोना संक्रमण भएको छ । रुसमा रहेका नेपालीहरुको उद्धारमा सकृय अध्यक्ष भुर्त्याललाई कोरोना संक्रमण पुष्टि भएको हो । १७ दिन अघि संक्रमण पुष्टि भएपनि उनि अझै कोरोना मुक्त भएका छैनन् ।

गैर आवासीय नेपाली संघ रुसका अनुसार अध्यक्ष भुर्त्याललाई कोरोना पुष्टि भएर स्वास्थ्य अवस्था खराब भएपछि राजधानी मस्कोस्थित एक अस्पतालको आईसियुमा राखिएको थियो । अस्पतालको आईसियुमा ५ दिन राखेपछि अहिले अध्यक्ष भुर्त्यालको अवस्थामा क्रमिक सुधार हुँदै गएको जनाइएको छ ।

यस अघि रुसमै रहेका गैर आवासीय नेपाली संघ(एनआरएनए) का वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीमा पनि कोरोना संक्रमण भएको थियो । उनि होम आइसोलेसनमै बसेर कोरोना मुक्त भइसकेका छन् ।

कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ८९ पुग्यो
रुसमा हालसम्म कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ८९ पगेको छ । जसमध्ये १७ हजार ९ सय ९३ जनाको मृत्यु भइसकेको छ । ८ लाख ५० हजार ४९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन भने १ लाख ६७ हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

Featured