NRNA खबर देश विदेश

एनआरएनए वरिष्ठ उपाध्यक्ष डा. केसिले जिते कोरोना

मास्को, २३ भदौ–गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष डा बद्री केसी कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनि कोरोना मुक्त भएका हुन् ।

विश्वव्यापी कोरोना संक्रमण भएपछि विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि सक्रिय केसीलाई तीनहप्ता पहिले पटक कोरोना पोजेटिभ देखिएको थियो । केसीले पहिलो टेष्टमा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेरै संघका गतिविधीमा अनलाइनबाटै सहभागिता जनाएका थिए ।

डा. केसीले आफूलाई तीन हप्ता पहिला कोरोना संक्रमण देखिएको र तेस्रो परिक्षणमा पूर्ण रुपमा कोरोना मुक्त भएको नेपालाई बताएका छन् । उनलाई कोरोना संक्रमण हुनुअघि जरो आउने घाँटी दुख्ने लगायतका लक्षण देखिएका थिए ।

Featured