खेलकुद विदेश

साफ यु–१५ मा नेपालको खराब शुरुवात

काठमाडौं, भदौ ४-भारतको कल्याणी स्टेडियममा बुधबारदेखि शुरु भएको साफ यु–१५ च्याम्पियनसिप तर्फ उद्घाटन खेलमा नेपालले खराब शुरुवात गरेको छ। उद्घाटन खेलमा नेपालले उपाधिको प्रबल दावेदार मानिएको आयोजक राष्ट्र भारतसँग ४–० को फराकिलो हार बेहोर्यो।

भारतका लागि खेलको पाँचौं मिनटमै महेसन सिंहले पहिलो गोल गरे। उनको प्रहार नेपालका गोलरक्षक नितेश श्रेष्ठले ठम्याउन सकेनन्। त्यस्तै दोस्रो गोल २४औं मिनटमा शुभो पाउलले गरे भने तेस्रो गोल भने ४३औं मिनटमा कप्तान अनिश मजुमदरले गरे।

खेलमा एकपक्षीय जित निकालेको भारतका लागि दोस्रो हाफ शुरु भएको केहि मिनट लगतै ४९औं मिनटमा टायसन सिंहले चौथो गोल गरे। लगतै ५६औं मिनटमा श्रीद्धार्थले पाँचौं गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे।

नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ।

Featured