मनोरंजन विदेश

अभिनेता रोबर्ट प्याटिसनलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, १९ भदौ-ब्रिटिस अभिनेता रोबर्ट प्याटिसनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण देखिएपछि चलचित्र ‘द ब्याटम्यान’ को शुटिङ तत्काललाई रोकिएको छ ।

वार्नर ब्रदर्शका प्रवक्ताले एक वक्तव्य जारी गर्दैै भनेका छन्, ‘ब्याटम्यानको उत्पादनका एक जना सदस्यमा कोरोना संक्रमण पाइएपछि शुटिङ तत्कालका लागि रोकिएको छ ।’

यद्यपि उनले कसैको नाम लिएका छैनन् । उनले फिल्म शुटिङ अस्थायी रुपमा रोकिएको बताएका छन् । मार्चमा भएको लकडाउन खुलेपछि ३ दिनअघि ‘द ब्याटम्यान’ को दोस्रोपटक शुटिङ सुरु भएको थियो । कोरोना भाइरसको महामारीका कारण लागेको लकडाउनका कारण हलिउड–बलिउडदेखि संसारका सबैजसो फिल्म उद्योग बन्द अवस्थामा छन् ।

Featured