देश राजनीति

डा. केसीको सत्याग्रह अनिश्चितकालका लागि स्थगित

सुर्खेत, १८ भदौ-चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसीले आजदेखि सुरु गर्ने भनेको सत्याग्रह पुनः स्थगित गरेका छन् । चिकित्सा क्षेत्र सुधारका लागि आजदेखि सत्याग्रह बस्ने भनेका डा. केसीले कोरोना भाइरस महामारीका कारणले अनिश्चितकालसम्मका लागि स्थगित गरेका हुन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्दै आएका डा. केसी हाल जुम्लामा छन् । जुम्लामा कोरोना संक्रमितको संख्या बढेका कारणले स्थानीयको आग्रहमा केही समयका लागि सत्याग्रह स्थगित गरेको उनले बताए ।

‘विद्यमान स्वास्थ्य प्रणाली कति नाजुक छ भनेर अहिलेको कोरोना महामारीले प्रस्ट पारेको छ,’ उनले भने, ‘अझै पनि चिकित्सा क्षेत्रको सुधार हुनु जरुरी छ ।’

चिकित्सा क्षेत्र सुधारका लागि आफू जीवन रहुन्जेल लाग्ने र त्यसका लागि निरन्तर आन्दोलनमा रहेको डा. केसीले स्पष्ट पारे । ‘हामीले राखेका जायज मागविरुद्ध सरकार लागिपरेको छ,’ उनले भने, ‘चिकित्सा क्षेत्र सुधारबिना देशको विकास असम्भव छ ।’

Featured