देश मनोरंजन

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १८ भदौ-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयकाे बैठक सुरु भएकाे जानकारी दिए । यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि स्थगित गरिएको थियो ।

बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन र राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यका बारेमा छलफल हुने बताइएको छ । गत १३ भदौका लागि तय भएको बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबार बोलाएका थिए ।