देश साहित्य

यस वर्षको युवा वर्ष मोति पुरस्कार चापागाईं र फुलवान बललाई

काठमाडौं, भदौ ४–वर्ष २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं र फुलवान बल लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ।

वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उनीहरूलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यही भदौ १३ गते १५४ औं मोति जयन्तीका अवसरमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए।

उक्त कोषले नेपाली भाषा तथा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन र अनुसन्धान गर्दै आइरहेको छ। हालसम्म उक्त पुरस्कारबाट ६७ जना स्रष्टाहरु सम्मानित भइसकेका छन्।