देश

ऐतिहाँसिक रथयात्राको तयारी अन्तिम चरणमा, सुक्षाका लागि ११ सय प्रहरी परिचालन

विराटनगर, भदौ ४विराटनगरमा आयोजना हुने ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ ७ गते आयोजना हुने रथयात्राको ५२ औं श्रृंखला भब्यरुपमा सम्पन्न गर्न सरोकारवाला लागि परेका छन् । विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्राको तयारी अन्तिम चरणमा पुगेको हो ।

यतिखेर रथले परिक्रमा गर्ने मेनरोड र कोशीराजमार्गका खाल्डाखुल्डीहरु पुर्ने र सडक मर्मत गर्ने कार्य तीब्ररुपमा अघि बढाइएको छ भने रथलाई रंगरोगन गर्ने काम भइरहेको छ । रथयात्रा सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिसकिएको आयोजक समितिले जनाएको छ ।

श्री राधाकृष्ण रथयात्रा समारोह समिति २०७६ का सचिव कैलास रेग्मीले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको जानकाी दिए । उनले भने,‘रथ यात्रालाई भब्य रुपमा सम्पन्न गर्न सवै उपसमितिहरु ग्ठन भइसकेको छ । ति समितिले कामहरु धमाधम गरिरहेका छन् । हामीले यसको सवै तयारी पुरा गरिसकेका छौँ ।’

विराटनगर तिनपैनी चोक स्थित मन्दिर परिसरबाट निकालिने रथले नगरक्षेत्रको बिभिन्न ४० स्थानमा बिश्राम लिने छ । रथ सञ्ंचालन हुनु अगाबै सडकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ । विभिन्न सांस्कृतिक झाँकीमा सतार, सन्थाल, मुडियारी, डांडिया र नौमति बाजासहित विभिन्न जातिय संघसंस्थाले सहभागिता जनाउने छन् । रथयात्रा तिनपैनी चोक, गोल्छा, ट्राफिक, महेन्द्र चोक, विजुली अफिस, बरगाछी हुँदै पुन मन्दिरमा पुगेर समापन हुने गर्दछ ।

अपराहन्न ३ बजे मन्दिर परिसरबाट प्रस्थान हुने रथले ४ घण्टाको अबधिमा विराटनगरको ८ किलोमिटर सडक खण्डको परिक्रमा गर्नेछ । रथयात्रालाई सफलतापुर्वक सम्पन्न गर्न आम नगरवासीसहित श्रद्धालुहरुको सहयोग अपरिहार्य रहेको आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । उनले भने,‘यो दक्षिण एसियाकै ठुलो रथयात्रा हो । देश विदेशबाट लाखौँ भक्तजनहरु आउनुहुन्छ । कुनै अप्रिय घटना हुन नदिन र यसलाई भब्य बनाउन सम्पूर्ण नगरवासीहरुको साथ चाहिन्छ ।’

रथ यात्रामा भारतको बिहार, सिक्कीम, दार्जिलिङ, आसाम तथा नेपालका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहने गरेको छ । रथयात्रामा नगर परिक्रमा गराइने भगवान श्रीराधाकृष्णको मुर्ती मन्दिर परिसरकै एउटा कोठामा सुरक्षित राखिने गरेको छ । रथयात्राको दिन मात्र निकालिने मुर्ती रथयात्रा समापन भएपछि तीनदिनसम्म पुजापाठकालागि बाहिर राखिने गरेपनि अन्य समयमा शयन मुद्रामा राखिने गरेको छ ।

विराटनगरका केही समाजसेवी र श्रद्धालुहरुले वि.सं. १९८८ मा शुरु गरेको खटयात्राले अहिले भब्य रथा यात्राको रुप लिएको छ । विक्रम संम्बत २०२५ सालदेखि खट यात्रालाई रथ यात्राकोे रुपमा मनाउन थालिएको हो । सुरुमा शंख बजाएर रथयात्रा सुरु भएको शंखघोष गरिनेछ भने त्यसपछि लाखे, दर्जनौं जातिय नृत्य तथा कलश बोकेका महिलाहरु, वेद पाठ, पञ्चेबाजाका साथ भव्य रुपमा रथयात्रा सम्पन्न गर्ने समितिको तयारी छ ।

रथयात्रामा शान्ति सुरक्षा कायम गर्नका लागि ११ प्रहरी परिचालन गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षका राजकुमार खिउंजुले जानकारी दिए । उनले भने,‘हाम्रो मातहत र ताल्लुक निकायबाट समेतबाट झण्डै ११ सय प्रहरी परिचालको योजना छ । हामीले सुरक्षा योजनानै बनाएर काम गरिरहेका छौँ ।’

Featured