देश

निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं, भदौ ४-पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले  किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी दिन पुगेकी छिन्।

शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिन पुगेकी हुन्।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेकाे निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए।

Featured