देश साहित्य

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं, ३ भदौ-मंगलबार निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बिहान १० बजे उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।

राष्ट्रकवि घिमिरेको हिजो साँझ ५ः५५ बजे कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो । १०१ वर्षीय घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै अक्सिजन दिएर राखिएको थियो ।