देश

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

दाङ, भदौ ४-देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन्। बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन।

बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ। प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्लाको उच्च प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने बताएको छ।

Featured