काठमाडौं, भदौ ४– नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक आज हुँदैछ । बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जय शंकर बिहान ११ः४५मा काठमाडौं ओर्लदैछन् ।
जयशंकर बंगलादेशको तीन दिने भ्रमण पूरा गरी ढाकाबाटै नेपाल आउन लागेका हुन् । बैठकको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरले संयुक्त रुपमा गर्नेछन् ।
बैठकमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, उर्जा र जलश्रोत, संस्कृति, शिक्षा र अन्य दुई पक्षीय चासोका विषयहरु एजेण्डाको रुपमा रहेको बताइएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भोलि स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस