देश

सालिकराम आत्महत्याको मुख्य कारण एक ‘गोप्य सामग्री’ !

काठमाडौँ, भदौ ४-पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको बिषयमा बिभिन्न अड्कलबाजी गरिएका छन्। यसैबीच मृतक पुडासैनीले अस्मिता कार्कीलाई आत्महत्या अघि लेखेको केहि फेसबुक म्यासेजले घटनालाई थप रहस्यमय बनाएको छ।

घटनाको ६ दिनदेखि चितवनमा अनुसन्धान तथा सोधपुछ जारी रहेको अवस्थामा सालिकले किन आत्महत्या गरे भन्ने बिषयमा फरक खालका टिका-टिप्पणीहरु भईरहेको छ। मर्नु अघि भएको बिभिन्न घटनाले पुडासैनीलाई आत्महत्याको बाटोसम्म डोर्याएको प्रारम्भिक अनुमान छ। त्यसको प्रमाण स्वरूप केहि फेसबुक म्यासेजहरु सामाजिक संजालमा भेटिएका छन्। जुन पुडासैनीकि श्रीमती सम्झना, अस्मिता कार्की, पुडासैनीले बहिनि सम्बोधन गरेका पात्र र पुडासैनी आफै रहेका छन्।

सार्वजनिक भएका फेसबुक म्यासेन्जरका स्क्रिनसट अस्मिता कार्की मार्फत सार्वजनिक भएको बुझिएको छ । जस मध्ये कतिपय म्यासेज न्युज २४ ले सार्वजनिक गरिसकेको छ । त्यसमध्ये एक म्यासेजमा एउटा त्यस्तो अवस्था छ जसमा पत्रकार पुडासैनीले अस्मिता कार्कीलाई कुनै भिडियो वा तश्वीर सामग्री हटाउन भन्दै अनुनय बिनय गरेका छन्।

म्यासेज अनुसार अनुमान गर्दा पुडासैनीको बेइज्जत हुने खालको कुनै तश्वीर वा भिडियो अस्मिता कार्कीसंग रहेको र उक्त पोष्ट हटाउन पुडासैनीले आग्रह गरेको बुझिन्छ। उक्त सामग्री गोप्य र आफ्नो बेइज्जत हुने खालको रहेको कारणले पुडासैनीले हटाउन भनेको तर कार्कीले नमानेको वा त्यसै सामग्रीको आधारमा पुडासैनीलाई बलात्कारको आरोप लगाउन खोजिएको आशंका गर्न सकिन्छ। उनले अर्को म्यासेजमा आफूले सहमतिमै सेक्स गरेको भए पनि रेप भन्दै फसाउन खोजिएको भन्दै लेखिएको म्यासेजले पनि उक्त कुरा प्रमाणित गर्न सहयोग गर्छ। प्रहरीले अनुसन्धानको लागि आरोपीहरुलाई पक्राउ गर्नु अगावै फेसबुकमा सालिकरामले गरेका च्याटहरु सार्वजनिक भएका थिए।

त्यसै सामग्रीले पुडासैनीलाई आत्महत्याको मोडमा पुर्याएको हुनसक्ने अनुमान लगाउन सकिने आधारहरु छन्। त्यसै सामग्रीले आफू फस्न सक्ने बुझेपछि तनाबमा पुडासैनीले आत्महत्या गरेको हुनसक्ने बुझिएको छ। पुडासैनीले आत्महत्या गर्नु अघि घटनाकै दिन बिहान ८:१४ र ९:२८ बजे रुकु कार्की (अस्मिता) लाई लेखेको म्यासेज तल हेर्न सक्नुहुनेछ, जसमा आफू मर्नुको बिकल्प नभएको उल्लेख छ।

Featured