NRNA खबर देश विदेश शिक्षा

रुसकी समिरा बनिन् ‘ग्लोबल स्पीच कन्टेस्ट’ को उपबिजेता

मस्को, साउन २६– समिरा केसी ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ को उपबिजेता बनेकी छन् । रुसबाट प्रतिनिधित्व गरेकी केसीले अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै उपबिजेता बनेकी हुन् ।

१९ वर्षमुनीका नेपाल बाहेक विदेशमा स्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाबीच भएको प्रतियोगितामा उनी दोस्रो बन्दै साठी हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भइन् ।

बिश्वभरी छरिएर रहेका दोस्रो पुस्ताका गैर आवासिय नेपालीहरूलाई मात्तृभूमीप्रति सामिप्यता कायम राख्ने उदेश्यले गैरआवासिय नेपाली संघ एसिया प्यासिफिकले आयोजना गरेको ‘राष्ट्रका लागी मेरो सपना’ शिर्षकमा आईतबार आयोजित बक्तृत्वकला प्रतियोगितामा केसीले ५९ प्रतिष्पर्धीहरुलाई पछि पारेकी हुन् । सो प्रतियोगितामा विश्वका २९ देशबाट ६१ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा देस्रो हुन सफल भएकोमा समिरालाई गैर आवासिय नेपाली संघ(एनआरएनए) रसियाले शुभकामना दिएको छ ।

यो पनि

म्यानमारबाट प्रतिनिधित्व गरेकी खतिवडा बनीन् ‘ग्लोबल स्पीच कन्टेस्ट’ को बिजेता

Featured