राजनीति

गुटको राजनीति अन्त्य गर्न देश दौडाहामा : डा. शेखर कोइराला

विराटनगर, भदौ ३–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताएका छन् । नेपाली कांग्रेस तरुण विभाग मोरङले आज विराटनगरमा आज गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश दौडाहा गरिरहेको बताए ।

उनले कांग्रेसभित्र गुट रहने हो भने त्यसले कांग्रेसलाई नै समाप्त पार्ने र लोकतन्त्र पनि धरापमा पर्ने बताए । उनले पार्टीभित्र आन्तरिक द्वन्द्व कायमै रहेको पनि बताए । नेता कोइरालाले कांग्रेसमा अब गुट नभई बिचारको राजनीति आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले गुटको अन्त्यको सुरुवात मोरङबाटनै गर्नुपर्ने आवश्यक रहेको बताइन् । कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुले गुटको राजनीति अन्त्य हुन नसके कांग्रेस नै समाप्त भएर जाने बताए । कार्यक्रममा सहभागी युवाहरुले तरुण युवाहरुलाई नेतृत्व दिन आग्रह गरेका थिए । कार्यक्रममा ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

Featured