देश

सामूहिक खेतीमा अब हदबन्दी नलाग्ने

काठमाडौं, भदौ ३–सामूहिक खेती गर्नेको हकमा जग्गाको हदबन्दी नलाग्ने व्यवस्थासहित संसदवाट भूमि सम्वन्धि ऐन ¬२०२१ लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रतिनिधिसभाबाट सो एनेको संसोधन बिधेयक पारित भएसँगै अव व्यवसायिक कृषि वा सहकारी खेती वा सामूहिक खेती गर्ने उद्देश्यले स्थापना भएका संघ, संस्था, समुह, कम्पनी, उद्योग, सहकारी जस्ता निकायहरूलाई नेपाल सरकारले हदबन्दीमा छुट दिन सक्नेछ ।

संसोधनमा जमिनको चक्लाबन्दी मार्फत कृषिको व्यवसायीकरण, सामुहिक खेती वा सहकारी खेतीलाई प्रोत्साहन स्वरुप हदवन्दीमा छुट दिने व्यवस्था गरिएको थियो । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनले दिएको प्रतिवेदन अनुसार आज प्रतिनिधिसभाबाट बिधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (आठौं संशोधन विधेयक २०७५) माथि छलफल गरियोस् भनी गरेको प्रस्ताव संसदले पारित गरेको हो ।