देश

जिम्मेवारी बाँडफाँड तुलोमा जोखेजस्तो हुँदैन : ईश्वर पोखरेल

काठमाडौँ, भदौ ३–उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मानापाथी जोखेजस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रममा नेकपा स्कुल विभागका प्रमुखसमेत रहेका उपप्रधानमन्त्री पोख्रेलले पार्टी्भित्रको जिम्मेवारी बाँडफाँड तुलोमा जोखेजस्तो बराबर नहुने बताएका हुन् । उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताए ।

’प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो,’ उनले भने, ’एकैचोटी मानापाथी जोखेजस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखेजस्तो हुँदैन । नमिलेका कुराहरु भोलि व्यवहारमा मिलाउँदै जाने हो ।’ उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने दाबी पनि गरे ।

Featured