देश

डोल्पामा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

सुर्खेत, २२ साउन-डोल्पामा एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला डोल्पा जगदुल्ला गाउँपालिका–६, झ्याकोटकी १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । 

किशोरीलाई जाजरकोट बारेकोट गाउँपालिका– ६ का ३१ वर्षीय कर्णबहादुर महतारा र डोल्पा जगदुल्ला गाउँपालिका–४ का ३१ वर्षीय गदबहादुर महताराले सामूहिक बलात्कार गरेका हुन् ।

किशोरीको घरमा कोही नभएको अवस्थामा किशोरीलाई महताराद्वयले सामूहिक बलात्कार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए ।