देश

‘लामो दूरीका यातायात र विद्यालय खोल्ने परिस्थिति बनेको छैन’

काठमाडौं, २२ साउन-सरकारले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारले प्रवक्ता डा युवराज खतिवडाले यस्तो बतांएका हुन् ।

सरकारले पछिल्लो समय बढेको जोखिमका आधारमा तत्काल उदार भएर यातायात सेवा, शिक्षालय खोल्ने र अन्तर्राष्ट्रिय उडान संचालन गर्ने अवस्था नबनेको बताएका हुन् ।

‘अहिले जुन किसिमले जोखिम बढेको छ सार्वजनिक यातायात खोल्ने वा उडानहरू नियमित गर्ने परिस्थिति अहिले बनी नसकेको जस्तो प्रारम्भिक रूपमा आएका पृष्टपोषणबाट पनि यो भन्न सकिन्छ’ उनले भने ।

सरकारले १ भदौबाट लामो दूरीका यातायातका साधन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान संचालन गर्ने सरकारले निर्णय गरेको थियो । यसमा पनि विज्ञहरूको सुझाव लिएर निर्णय गरिने उनले स्पस्ट पारे । उनले यसबारेमा सीसीएमसीको बैठक बसेर निर्णय गर्ने पनि बताए ।