देश

वीरगञ्जको कोरोना विशेष अस्पतालमा १ जना बिरामीको मृत्यु

वीरगञ्ज, २२ साउन-पर्साको वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरका ५६ वर्षीय पुरुष छन् ।

मधुमेह र मुटुका रोगीसमेत रहेका उनी श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नारायणी अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएरातिबाट भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएको थियो ।
उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो । उनको कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाइए पनि रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।