देश राजनीति

‘देशव्यापी ‘लकडाउन’बारे सरकारले तत्काल सोचेको छैन’

काठमाडौं, २२ साउन-संक्रमणको जोखिम बढेको ठाउँमा मात्रै लकडाउन गर्ने सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब देशव्यापी लकडाउन नलगाइ जोखिम बढी भएको ठाउँमा स्थानीय तह र स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने बताए ।

‘नेपाल सरकारले जहाँ संक्रमणको जोखिम देख्दैन त्यहाँ खुकुल्लो गर्दै जान्छ । जहाँ संक्रमणको जोखिम बढी देखिन्छ, ती ठाउँहरूमा तत्कालै सेवाहरू रोक्दै जानु पर्ने हुन्छ । त्यसो भएकाले यो मुलुकव्यापी रूपमा नेपाल सरकारले ११ चैतबाट जसरी लकडाउन गरेको थियो त्यो विधिबाट जानेतर्फ नेपाल सरकारले सोचेको छैन’ उनले भने ।

उनले आफूले अरूलाई अरूले आफूलाई कोरोना सार्न सक्छ भन्ने ख्याल राख्दै सचेतना अपनाउन पनि अनुरोध गरे । उनले अहिले नै देशव्यापी लकडाउन लागू हुन्छ भने त्रसित नहुन समेत आग्रह गरे ।