देश

प्रचण्डका परिवारका सबै सदस्यमा देखिएन कोरोना

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित परिवारका सबै सदस्यको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमार्फत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमिण देखिएको जानकारी दिएकी हुन् । प्रचण्ड, उनका परिवारका सदस्यसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ ।

Featured