विदेश

फ्रान्सका राष्ट्रपति म्याक्रोँ लेबनान भ्रमणमा

एजेन्सी, साउन २१-काठमाडौं, २२ साउन-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ लेबनान भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भीषण विस्फोट भएपछि लेबनान भ्रमण गर्ने उनी पहिलो राजनेता हुन् । 

राष्ट्रपति म्याक्रोँले लेबनानका राष्ट्रपति मिसेल आउन र प्रधानमन्त्री हस्सन डायबसहित सबै प्रमुख राजनीतिक नेताहरूसँग लेबनानको पछिल्लो आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा विचार विमर्श गर्ने जनाइएको छ । उनले लेबनानका लागि आपतकालीन सहायता जुटाउन विशेष रूपमा पहल गर्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Featured