NRNA खबर देश विदेश

बेरुत विस्फोट : नेपाली सकुशल

काठमाडौं, २२ साउन-लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरे । 

मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १ सय ३५ जनाको मृत्यु हुुनाका साथै ४ हजारभन्दा बढी घाइते भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन् । रासस