विदेश

अमेरिकामा कोरोना भाइरस कमजोर हुन थाल्यो : ट्रम्प

एजेन्सी, साउन २०-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर हुन थालेको दाबी गरेका छन् । पत्रकारहरूसँग ट्रम्पले १ सातायता नयाँ केसमा ६ प्रतिशतको गिरावट आएको बताएका बीबीसीले उल्लेख गरेको छ ।

अन्य देशको तुलनामा अमेरिकाको स्थिति राम्रो रहेको उनको दाबी छ । अमेरिकी न्यूज पोर्टल एक्सिओससँगको कुराकानीमा ट्रम्पले अमेरिकाको स्थिति युरोपभन्दा राम्रो रहेको बताएका हुन् ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजारभन्दा बढी भएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो अभिव्यक्ति आएको हो । अहिलेसम्म अमेरिकामा संक्रमित मानिसको कुल संख्या ४७ लाख छ, जुन संसारमा सबैभन्दा बढी हो ।

Featured