देश राजनीति

ग्रीन टी लिएर छलफलमा बसेका नेकपा नेता जेरी खाँदै बस्ने गरी उठे

k|wfgdGqL k|r08 / cWoIf cf]nLaLr e]6 k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nLaLr laxLaf/ l;+xb/af/l:yt ;efd'vsf] sfo{sIfdf e]6jftf{ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडाैं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता निरन्तर संवादमार्फत सहमति खोज्ने निष्कर्षमा पुगेका छन् । 

आइतबार बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङबीच भएको ३ घण्टा लामो बैठकले संवादमार्फत सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी नेता नेम्वाङका अनुसार नेताहरूबीच बिहान ९ः१५ बाट १२ बजेसम्म छलफल भएको हो । ‘ग्रीन टी हातमा लिएर सुरू भएको बैठक भोलि (सोमबार) जेरी खाँदै बस्ने गरी स्थगित भएको छ’, नेम्वाङले भने, ‘२ अध्यक्षबीच निरन्तर संवाद गर्ने र त्यसबाटै पार्टीका आन्तरिक विवाद समाधान गर्ने बैठकको निष्कर्ष रह्यो ।’ उनका अनुसार बालुवाटारमै भोलि बिहान ९ बजे २ अध्यक्षबीच छलफल हुनेछ ।