देश मनोरंजन

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको जानकारी दिएका हुन् । उनले सबै प्रशंसकहरुलाई धन्यवाद समेत दिएका छन् ।

अभिषेकले आफ्नो ट्विटमा लेखेका छन्, ‘म कृतज्ञ छु कि मेरा पिताको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ र अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । अब उहाँ घरमा नै बसेर आराम गर्नुहुनेछ । स्वास्थ्यलाभको कामना गर्ने सबैलाई आभार व्यक्त गर्दछु ।’

उनलेअ अर्को ट्विटमा दुर्भाग्यवश आफ्नो कोरोना रिपोर्ट अझै पोजिटिभ आएको र अझै केही समय अस्पातलमा नै बस्नुपर्ने पनि जानकारी दिएका छन् । बच्चन परिवारमा अमिताभसहित उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यासमेत कोरोना संक्रमित भएका थिए ।