देश मनोरंजन

भुवनका लागि निरुताका शब्द : तपाईं मेरो रियल हिरो

काठमाडौं, १८ साउन-पछिल्लो समय अभिनेता भुवन केसी निकै विवादित बनेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको द्वन्द्वका कारण भुवन विवादित बनेका छन् ।

यस्तैमा, भुवन केसीकी समकालिन अभिनेत्री निरुता सिंहले भुवनको पक्षमा बोलेकी छिन् । सामाजिक संजालमा एउटा स्टाटस लेख्दै भुवन आफ्नो लागि रियल हिरो भएको समेत उल्लेख गरेकी छिन् ।

निरुताले लेखेकी छिन्, ‘दार्जिलिङमा रहदाँ मैले चिनेको नेपाली कलाकार भनेको नै भुवन केसी र तृप्ति नाडकर हुनुहुन्थ्यो । हामी सबै भुवन दाइ र तृप्ति दिदीको फ्यान थियौँ ।’

भुवनलाई सपनाको महानायक सम्बाेधन गर्दै निरुताले थपेकी छिन्, ‘त्यो बेला मैले सपनामा पनि सोचेको थिइनँ कि, मैले पहिलो चलचित्रमा नै मेरो सपनाको महानायकसँग काम गर्न पाउनेछु ।’

नयाँ कलाकारलाई गरेको सहयोगबाट आफू भुवनबाट झनै प्रभावित भएको निरुताले उल्लेख गरेकी छिन् । ‘तपाईंले गर्नुभएको सहयोगको लागि धन्यवाद दाइ । हजुरको त्यो माया र सहयोग जीवनको अन्तिम दिनसम्म भुल्ने छैन’, निरुता थप्छिन्, ‘तपाईं मेरो रियल हिरो हो ।’