पौडेलको सुविधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली १ हजार दरको नोट १ थानसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस